2026, October 25 Sunday
०३:५९:४२ बिहान

Latest Posts

English

Latest Posts

दिपनारायण आदर्श नमुना माविमा हाजिरी प्रतियोगिता, कर्णाली प्रदेश समूह प्रथम

कक्षा ११ र १२ का विद्यार्थीबीच भएको प्रतियोगितामा लुम्बिनी द्वितीय र बागमती तृतीय

AI सारांश
Summary by AI
  • श्री दिपनारायण आदर्श नमुना माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच हाजिरी प्रतियोगिता सम्पन्न भयो।
  • सात प्रदेशका नाममा विभाजित समूहबीच भएको प्रतियोगितामा कर्णाली प्रथम, लुम्बिनी द्वितीय र बागमती तृतीय भए।
  • प्रतियोगिताले विद्यार्थीको सामान्य ज्ञान, आत्मविश्वास, समूहगत कार्यक्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
२०८३ आश्विन १३, मंगलवार ०९:०४

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पञ्चगावास्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीबीच हाजिरी प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा सामान्य ज्ञान, समसामयिक विषय तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीलाई मिश्रित रूपमा सात समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहमा पाँच जना विद्यार्थी सहभागी थिए। प्रतियोगितामा समूहहरूको नाम नेपालका सात प्रदेशका आधारमा राखिएको थियो। जसअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समूह बनाइएको थियो।

प्रतियोगितामा विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै प्रश्नहरूको उत्तर दिएका थिए। प्रतियोगिताको अन्त्यमा कर्णाली प्रदेश समूह प्रथम, लुम्बिनी प्रदेश समूह द्वितीय र बागमती प्रदेश समूह तृतीय भएका थिए।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक सुरेश प्रसाद दास थारूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक राजकपुर चौधरीले गरेका थिए भने शिक्षक मनीष कुमार कुशवाहाले प्रश्नकर्ता भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा शिक्षिका संगीता चौधरी, सविता चौधरी, शिक्षकहरू अनिल राउत, नवल किशोर चौधरी तथा ग्रामीण टिभीका अध्यक्ष एवं कार्यकारी सम्पादक नवल किशोर राउतलगायतको उपस्थिति रहेको थियो।

विद्यालयका अनुसार प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले प्रतियोगिताले ज्ञान अभिवृद्धिसँगै समूहगत रूपमा काम गर्ने क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको बताएका छन्। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *