पंचगावाँ, पर्सा – पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ स्थित श्री दलित मुक्ति आधारभूत विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका १०२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपाल ख्रीष्टियन राहत सेवा (NCRS) को सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्कुल ब्याग तथा आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराइएको हो।
कार्यक्रम गाउँपालिकाका प्रमुख जसवन्त यादव को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा देउरबानाका वडाध्यक्ष महम्मद आरिफ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विहारी महरा, वडा सदस्य विश्वनाथ चौधरी, व्यवस्थापन समिति सदस्य महन्थ महतो कोइरी, प्रधानाध्यापक राधेश्याम कुमार राम, शिक्षक तारकिशोर कुमार राम तथा बालविकासकी अनुपात देवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन NCRS का प्रतिनिधि शिव सर तथा सहयोगकर्ता प्रेम घिमिरे को विशेष योगदान रहेको आयोजकले जनाएको छ। वितरण कार्यक्रमपछि वक्ताहरूले यस्ता सहयोगात्मक पहलले बालबालिकाको शैक्षिक पहुँच वृद्धि गर्नुका साथै अध्ययनप्रति रुचि र प्रेरणा बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिइएको छ।




टिप्पणी