2026, July 28 Tuesday
०१:५१:२२ बेलुका

Latest Posts

English

Latest Posts

बालेन शाहको नयाँ गीत ‘जय महाकाली आयो गोर्खाली’ सार्वजनिक

देशभक्ति र गोर्खाली इतिहास झल्काउने गीतले युवामा उत्साह

AI सारांश
Summary by AI
  • बालेन शाहले नयाँ देशभक्तिपूर्ण गीत सार्वजनिक गरे।
  • सार्वजनिक भएको छोटो समयमै ठूलो दर्शक प्रतिक्रिया।
  • गीतले नेपाली वीरता र राष्ट्रिय भावना प्रस्तुत गरेको छ।
२०८२ चैत्र १२, बिहीबार १६:१५

काठमाडौं — बालेन शाह ले नयाँ गीत ‘जय महाकाली आयो गोर्खाली’ सार्वजनिक गरेका छन्। राजनीतिक व्यस्तताका बीच पनि उनले संगीतप्रतिको लगावलाई निरन्तरता दिँदै शक्तिशाली र्‍याप शैलीमा गीत प्रस्तुत गरेका हुन्।

गीत सार्वजनिक भएको एक घण्टामै एक लाखभन्दा बढी भ्यु प्राप्त गर्दै सामाजिक सञ्जाल र युट्युबमा व्यापक चर्चा बटुल्न सफल भएको छ। गीतमा नेपाली वीरता, राष्ट्रभक्ति र गोर्खालीहरूको गौरवमय इतिहासलाई समेटिएको छ।

‘जय महाकाली’ को उद्घोषसहित सुरु हुने गीतमा बालेनले आफ्नो विशिष्ट शैलीमार्फत नेपाली हुनुको गर्व र स्वाभिमान प्रस्तुत गरेका छन्। युवापुस्तामाझ गीतको ऊर्जा र सन्देशले विशेष आकर्षण पैदा गरेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *