2026, September 12 Saturday
१०:४८:३३ बेलुका

Latest Posts

English

Latest Posts

भाथा धाममा आज राति विशेष नाइट शो

आज राति भाथा धाममा धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको संगमका रूपमा विशेष नाइट शो आयोजना हुँदैछ।

२०८३ श्रावण ३१, आईतवार ०३:३१

पर्सा । श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव (भाथा धाम)मा आज राति विशेष सांस्कृतिक कार्यक्रमअन्तर्गत नाइट शो हुने भएको छ।

तिथि अनुसार श्रावण महिनाको तेस्रो सोमबारको अवसर पारेर आयोजना गर्न लागिएको नाइट शोमा चर्चित गायक थारु विकास, नेपाली निरहुवा र आर.के. टाइगर लगायतका कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको गायक थारु विकासले जानकारी दिएका छन्।

श्रावण महिनामा भगवान शिवको दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने भाथा धाममा धार्मिक कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। नाइट शोमा स्थानीय तथा आसपासका क्षेत्रबाट समेत दर्शक तथा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारीसमेत गरिएको छ। भक्तजन तथा दर्शकलाई शान्तिपूर्ण रूपमा कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक वातावरणको सम्मान गर्न आग्रह गरिएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *