2026, July 28 Tuesday
०१:४४:३७ बेलुका

Latest Posts

English

Latest Posts

काठमाडौँमा चोरीका सुनचाँदीका गहना र औजारसहित दुई पक्राउ

२०८३ श्रावण ५, मंगलवार १५:४६

काठमाडौँ, साउन ५। काठमाडौँको तारकेश्वर नगरपालिकाबाट चोरीका सुनचाँदीका गहना तथा ढोका फोड्न प्रयोग हुने औजारसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले मंगलबार तारकेश्वर नगरपालिका–११ हिले टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल नयाँबजार बस्दै आएका २६ वर्षीय एन्जल लामा र सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–१ घर भई हाल खुसिबु उत्तमचोक बस्दै आएका ४९ वर्षीय किन्जु शेर्पा रहेका छन्।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–२ स्थित एक डेराबाट जेठ १० गते दिउँसो चोरी भएका सुनचाँदीका गहनाको खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूको साथबाट पोतेसहितको सुनको जन्तर, सुन जडित मोतीमाला, सुन जडित पञ्चरत्न बाला, सुनको मुन्द्रा, चाँदीका तीन थान बाला, चाँदीको मुन्द्रा तथा ढोका फोड्न प्रयोग हुने रड र पेन्चिस बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *