2026, September 13 Sunday
१२:२१:४५ बिहान

Latest Posts

English

Latest Posts

एक सातादेखिको अविरल वर्षाले पर्सामा धानबाली डुबानमा, जनजीवन प्रभावित

२०८३ असार ३२, बिहीबार ०६:१७

रामजी यादव ।असार ३२, पर्सा । एक सातादेखि निरन्तर परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबाली डुबानमा परेको छ। लगातारको वर्षापछि खेतबारी जलमग्न हुँदा किसान चिन्तित बनेका छन्।

विशेषगरी पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न वडामा बाढी र डुबानको समस्या बढ्दै गएको छ। डुबानका कारण स्थानीयवासीका घरमा पानी पसेर लत्ताकपडा, खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री भिजेर नष्ट भएका छन्। घरभित्र पानी जम्दा परिवारलाई बस्न र सुत्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।

यस्तै, खेतमा रोपिएको धानबाली पूर्ण रूपमा पानीमुनि परेपछि कृषकहरू ठूलो क्षतिको जोखिममा परेका छन्। निरन्तरको वर्षा र डुबानका कारण जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ।

प्रभावित क्षेत्रका बासिन्दाले राहत, उद्धार तथा क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *