2026, June 03 Wednesday
०२:२६:४८ बेलुका

Latest Posts

English

Latest Posts

पर्सामा १० वटा भैंसीका पाडोसहित बोलेरो र तीन जना नियन्त्रणमा

बिना बिलबिजक पशु ओसारपसार गरेको आशंकामा प्रहरीको कारबाही

AI सारांश
Summary by AI
  • पर्साको सखुवा प्रसौनी–६ लखनपुर चोकबाट १० वटा भैंसीका पाडोसहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ ।
  • बिना बिलबिजक पशु ओसारपसार गरेको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • बरामद पशु, गाडी र पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ ।
२०८३ जेष्ठ १८, सोमबार १५:१२

वीरगञ्जस्थित प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट १० वटा भैंसीका पाडोसहित एउटा बोलेरो गाडी र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया बाट प्रहरी निरीक्षक प्रदीप पौडेल को कमाण्डमा खटिएको अपरेशन टोलीले आइतबार राति करिब १ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा बिना बिलबिजकका १० वटा भैंसीका पाडो फेला पारेको थियो ।

प्रहरीले गाडी चालक विजय शर्मा सहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने अन्यमा बिकरमा राउत कुर्मी र होडा देवान रहेका छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भैंसीका पाडो, बोलेरो गाडी तथा तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ ।

प्रहरी निरीक्षक प्रदीप पौडेलले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *