2026, April 18 Saturday
१२:४४:४७ बेलुका

Latest Posts

English

Latest Posts

मुस्लिम समुदायद्वारा आज ईद उल फित्र पर्व मनाइँदै

एक महिनाको रोजापछि दान, आशीर्वाद र सद्भावको पर्व

AI सारांश
Summary by AI
  • मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाइरहेका छन्।
  • नमाजपछि दान, आशीर्वाद र भेटघाट गर्ने परम्परा रहेको छ।
  • जकात र फितरमार्फत गरिबलाई सहयोग गर्ने गरिन्छ।
२०८२ चैत्र ७, शनिबार ११:४९

वीरगञ्ज, चैत ७— मुस्लिम समुदायले आज देशभर ईद उल फित्र पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा एक महिनासम्म रोजा (निराहार व्रत) बसेपछि यो पर्व मनाउने गरिन्छ।

आज विशेष नमाज पाठ गरेपछि मुस्लिम समुदायका व्यक्तिहरूले आफन्त तथा ठूलाबडाकहाँ गई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलन रहेको छ। नमाजपछि तीन दिनसम्म आफन्त भेटघाट र शुभकामना आदानप्रदान गर्ने परम्परा छ।

यस अवसरमा घरमा आउने पाहुनालाई सेवई, खजुर लगायतका मिठा परिकार खुवाउने गरिन्छ। गरिब तथा दीन दुःखीलाई दान वितरण गर्ने भएकाले यस पर्वलाई ईद उल फित्र भनिएको हो।

मुस्लिम धर्मावलम्बी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद मनाउने निश्चित हुन्छ।

इस्लाम धर्मग्रन्थ कुरानअनुसार प्रत्येक मुस्लिमले आफ्नो वार्षिक आम्दानी वा बचतको साढे दुई प्रतिशत जकात (दान) दिनुपर्ने व्यवस्था छ। यसरी संकलित रकम तथा सामग्री गरिब र आवश्यक परेकालाई वितरण गरिन्छ।

त्यसैगरी प्रत्येक व्यक्तिले आफ्नो हैसियतअनुसार गहुँ वा सो बराबरको नगद दान गर्ने प्रचलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान नवजात शिशुको तर्फबाट समेत गर्नुपर्ने धार्मिक मान्यता छ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेर आत्मशुद्धि गर्ने विश्वास गरिन्छ। यस पर्वका अवसरमा मुस्लिम समुदायका व्यक्तिहरूले नयाँ कपडा लगाएर आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने गर्छन्।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *