2026, September 13 Sunday
०१:०९:१६ बिहान

Latest Posts

English

Latest Posts

चिनीमिल आवास क्षेत्रको नालामा मृत भेटिएका पुरुषको सनाखत

वीरगन्ज–१४ मा मृत भेटिएका ४६ वर्षीय जंगबहादुर पासवानको छोराले गरे सनाखत, घटनाबारे अनुसन्धान जारी

AI सारांश
Summary by AI
  • वीरगन्ज–१४ को चिनीमिल आवास क्षेत्रको नालामा मृत भेटिएका पुरुषको पहिचान भएको छ।
  • मृतक वीरगन्ज–१८ भवानीपुरका करिब ४६ वर्षीय जंगबहादुर पासवान रहेको प्रहरीले जनाएको छ।
  • पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ भने घटनाको कारणबारे अनुसन्धान जारी छ।
२०८३ श्रावण ३०, शनिबार ०७:०३

वीरगन्ज, ३० साउन । वीरगन्ज महानगरपालिका–१४ स्थित चिनीमिल आवास क्षेत्रको नालामा शुक्रबार मृत भेटिएका पुरुषको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक वीरगन्ज महानगरपालिका–१८ भवानीपुर निवासी करिब ४६ वर्षीय जंगबहादुर पासवान हुन्। नालामा अचेत अवस्थामा भेटिएका पासवानको पहिचान उनका १७ वर्षीय छोरा मन्दिप पासवानले गरेका थिए।

शुक्रबार दिउँसो करिब १२ बजे नालाको पानीमा डुबेर अचेत अवस्थामा रहेका पासवानलाई उद्धार गरी तत्काल वीरगन्ज हेल्थ केयर अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गरेलगत्तै उनलाई मृत घोषणा गरेका थिए।

अस्पतालमा मृत घोषणा भएपछि पासवानको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि प्रहरीले शव परिवारजनको जिम्मा लगाएको जनाएको छ।

परिवारका सदस्यहरूले शव बुझेर शुक्रबार नै अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ। घटनाको यथार्थ कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *