2026, July 18 Saturday
०४:०९:२७ बिहान

Latest Posts

English

Latest Posts

सखुवा प्रसौनी–२ पञ्चगावाँ बजारबाट जुवा खेल्दै गरेका १२ जना पक्राउ

२०८३ जेष्ठ ३१, आईतवार १६:२५

पंचगावा , पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित वडा कार्यालय नजिक पञ्चगावाँ बजारबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सुमन्न्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार दिउँसो छापा मार्दा जुवातास खेल्दै गरेका १२ जनालाई रु ४१ हजार ३३५ नगद सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

स्थानीयका अनुसार वडा कार्यालय नजिकैको उक्त क्षेत्रमा लामो समयदेखि जुवातास खेलिने गरेको थियो। प्रहरीको उक्त कारबाहीले अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने भन्दै स्थानीयले प्रहरी टोलीको सक्रियताको प्रशंसा गरेका छन्।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *