2026, April 18 Saturday
०२:०६:४३ बेलुका

Latest Posts

English

Latest Posts

बुटवल–पाल्पा सडकखण्ड बन्द, सवारी आवागमन प्रभावित

सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो, वर्षा जारी रहँदा सडक खुल्न समय लाग्ने

AI सारांश
Summary by AI
  • पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • दाउन्ने सडकखण्डमा पनि सवारी आवागमन बन्द भएको छ।
  • वर्षा जारी रहेकाले सडक खुल्न समय लाग्ने अनुमान गरिएको छ।
२०८२ चैत्र ७, शनिबार १२:०२

बुटवल, चैत ७— लगातारको वर्षाका कारण पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा शनिबार बिहानैदेखि परेको वर्षासँगै ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा पनि वर्षाका कारण सडक चिप्लो हुँदा दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको छ।

सवारी साधनलाई वैकल्पिक रूपमा पाल्पा रुट हुँदै सञ्चालन गर्ने प्रयास गरिएको भए पनि उक्त मार्ग समेत अवरुद्ध भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।

प्रहरीका अनुसार वर्षा जारी रहेकाले सडक खुलाउन केही घण्टा लाग्ने सम्भावना रहेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *