2026, April 18 Saturday
०२:१८:१५ बेलुका

Latest Posts

English

Latest Posts

लागुऔषधसहित भारतीय नागरिकसहित पाँच जना पक्राउ

चरेस र खैरो हेरोइन बरामद, लागूऔषध नियन्त्रण ब्युरोको सक्रियता

AI सारांश
Summary by AI
  • लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्, जसमा एक भारतीय नागरिक छन्।
  • ललितपुरबाट चरेस र काठमाडौंबाट खैरो हेरोइन बरामद गरिएको छ।
  • घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२०८२ चैत्र ७, शनिबार ११:५५

काठमाडौं, चैत ७— नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई फरक घटनामा एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार ललितपुरबाट ३८ वर्षीया कल्पना तामाङलाई २ केजी ३०० ग्राम चरेस तथा डिजिटल तराजुसहित पक्राउ गरिएको हो।

त्यस्तै, अर्को घटनामा काठमाडौं महानगरपालिका–१५ स्थित कारखाना चोकबाट तीन जनालाई ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।

अनुसन्धानका क्रममा भारतको बिहारबाट लागूऔषध ल्याउने २५ वर्षीय विपुल बर्मालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *