2026, July 28 Tuesday
०१:४४:३६ बेलुका

Latest Posts

English

Latest Posts

पर्साबाट २० किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

२०८३ श्रावण ५, मंगलवार १५:२८

पर्सा, साउन ५। पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा सवारी जाँचका क्रममा भारततर्फ जाँदै गरेको BR06BH5496 नम्बरको भारतीय कारबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको उक्त कार शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको सिटमुनि प्लास्टिकको झोलामा लुकाइराखिएको अवस्थामा २० किलो ६८७ ग्राम गाँजा फेला परेको हो।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, तालका ग्राम पञ्चायत निवासी ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।

प्रहरीले गाँजा, कार तथा पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *