जाजरकोटमा एक महिलामाथि हातपात तथा कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन् ।
प्रहरीका अनुसार गत जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकी भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप लागेको छ ।
महिलामाथि दुर्व्यवहार भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्का ले शाहीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोट बाट सात दिनको म्याद थप गरी शाहीलाई हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


टिप्पणी