2026, June 03 Wednesday
०२:२६:४९ बेलुका

Latest Posts

English

Latest Posts

५० लाखसम्मका गाडी सस्तो हुने अर्थमन्त्री वाग्लेको दाबी

विलासिता श्रेणीका विद्युतीय गाडीमा मात्र कर वृद्धि गरिएको स्पष्टोक्ति

AI सारांश
Summary by AI
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्मका गाडीको मूल्य घट्ने दाबी गरेका छन् ।
  • सरकारले विलासिता श्रेणीका महँगा विद्युतीय गाडीमा मात्र कर वृद्धि गरेको जनाएको छ ।
  • विद्युतीय गाडीको कर अब किलोवाटको सट्टा मूल्यका आधारमा निर्धारण गरिने भएको छ ।
२०८३ जेष्ठ १८, सोमबार १५:१८

काठमाडौँमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले ५० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडीहरूको मूल्य घट्ने दाबी गरेका छन् । उनले सरकारले विलासिता श्रेणीका सवारीसाधनमा मात्र कर वृद्धि गरेको स्पष्ट पारे ।

नेपाल आर्थिक पत्रकार सङ्घ द्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले केही वर्षअघिसम्म विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले विशेष कर छुट दिएको भए पनि अहिले आवश्यकता र बजार अवस्थाअनुसार कर संरचना परिमार्जन गरिएको बताए ।

“अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु पनि विलासिता हो, यो कुरा सबैले स्वीकार गर्नुपर्छ,” उनले भने । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउने नीति लिइएको हो । “५० लाखभन्दा माथिका गाडीमा कर बढाउँदा आम उपभोक्तालाई खासै असर नपर्ने अपेक्षा गरिएको छ,” उनले थपे ।

अर्थमन्त्री वाग्लेले अटो व्यवसायीहरूले किलोवाटका आधारमा विद्युतीय गाडी आयात गर्दा महालेखा परीक्षकको कार्यालय ले प्रश्न उठाएपछि व्यवसायीहरू तनावमा परेको बताए । उनले अब किलोवाटको सट्टा गाडीको मूल्यका आधारमा कर निर्धारण गरिएकाले अटो व्यवसायीहरूलाई समेत राहत महसुस भएको दाबी गरे ।

उनले विद्युतीय गाडीलाई पूर्ण रूपमा स्वच्छ ऊर्जा भन्न नमिल्ने तर्क गर्दै ब्याट्री व्यवस्थापन र त्यसको दीर्घकालीन प्रभाव अझै चुनौतीपूर्ण विषय रहेको उल्लेख गरे ।

अर्थमन्त्रीका अनुसार नयाँ कर संरचनाले एकातर्फ राजस्व सन्तुलन कायम गर्ने र अर्कोतर्फ सस्तो मूल्यका सवारीसाधन प्रयोगकर्तालाई राहत दिने लक्ष्य राखेको छ ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *