2026, July 29 Wednesday
०५:४६:४३ बेलुका

Latest Posts

English

Latest Posts

गहवा माई मन्दिरमा रामनवमीको अवसरमा महाआरती उत्सव हुने

चैत १३ गते साँझ ६ बजेदेखि भव्य कार्यक्रम आयोजना गर्ने निर्णय, तयारीका लागि उपसमिति गठन

AI सारांश
Summary by AI
  • वीरगन्जको गहवा माई मन्दिरमा रामनवमीका दिन महाआरती उत्सव आयोजना गरिने भएको छ।
  • चैत १३ गते साँझ ६ बजेदेखि भव्य कार्यक्रम सञ्चालन गरिनेछ।
  • कार्यक्रम व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ।
२०८२ चैत्र ७, शनिबार ११:१९

वीरगन्ज, चैत ७ — वीरगन्जको ऐतिहासिक तथा धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा यस वर्ष पनि रामनवमीका अवसरमा महाआरती उत्सव आयोजना गरिने भएको छ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमीको दिन चैत १३ गते मन्दिर परिसरमा उक्त महाआरती कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो।

गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले सो दिन साँझ ६ बजेदेखि मन्दिर अगाडिको प्राङ्गणमा भव्य महाआरती आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यसमिति सदस्य मुकेश कुमार साहको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

बैठकमा समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रविशंकर अग्रवाल तथा सदस्यहरू दिना प्रसाद गुप्ता, सिताराम प्रसाद उपाध्याय, मुकेश प्रसाद साह, अनुप कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *