पर्सा— राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जालमा फैलिएको भ्रामक उम्मेदवारी प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका अनुसार पछिल्ला दिनहरूमा केही व्यक्ति तथा समूहहरूले आफूलाई रास्वपाको तर्फबाट वीरगंज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका मेयर तथा वडाअध्यक्ष पदका उम्मेदवार भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्।
यस विषयमा पार्टीले आधिकारिक विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ। रास्वपा पर्साले हालसम्म कुनै पनि पदका लागि कसैलाई पनि आधिकारिक रूपमा उम्मेदवार नतोकिएको स्पष्ट पारेको छ।
जिल्ला सचिव सुदिश प्रजापतिले जारी गरेको विज्ञप्तिमा यस्ता भ्रामक, कपोलकल्पित तथा गलत सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहप्रति सतर्क रहन समेत अनुरोध गरिएको छ।



टिप्पणी