2026, July 28 Tuesday
०६:२८:१८ बेलुका

Latest Posts

English

Latest Posts

रास्वपाको स्पष्ट सन्देश: जनताको विश्वास नटुट्ने गरी काम गरौं

नवनिर्वाचित सांसदलाई निर्देशन—भ्रष्टाचारविरुद्ध कडा उभिनु, आफ्नै सरकारको गलत कार्यको समेत प्रतिरोध गर्न हिचकिचाउनु हुँदैन

AI सारांश
Summary by AI
  • रास्वपाले सांसदहरूलाई जनताको विश्वास कायम राख्न निर्देशन दिएको छ।
  • भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिन र आफ्नै सरकारको गल्तीको पनि विरोध गर्न भनिएको छ।
  • अभिमुखीकरण कार्यक्रममार्फत संसदीय ज्ञान र क्षमता विकासमा जोड दिइएको छ।
२०८२ चैत्र ३, मंगलवार ०९:३१

ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा पार्टी नेतृत्वले जनताको अपेक्षा र विश्वासलाई जोगाइराख्ने गरी काम गर्न जोड दिएका छन्।

कार्यक्रममा उपसभापति डोलप्रसाद अर्यालले विगतका राजनीतिक दलहरूको कमजोरीका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै अब सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममुखी कार्यमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे।

त्यसैगरी अर्का उपसभापति स्वर्णिम वाग्लेले जनताबाट प्राप्त बलियो जनादेशलाई जिम्मेवारीका रूपमा लिँदै प्रणाली सुधार र थिति बसाल्ने प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखे। उनले आफ्नै सरकारका कमजोरी र गलत निर्णयको समेत खुलेर विरोध गर्न सांसदहरूलाई प्रेरित गर्दै जनताको मुद्दा सशक्त रूपमा संसद्मा उठाउन निर्देशन दिए।

कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण तथा विधायिकी प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले यस्ता अभिमुखीकरण कार्यक्रमले सांसदहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखकको बारेमा

अनिल यादव

अनिल यादव

अनिल प्रदेशलिड डटकमाका डेस्क प्रमुख हुन !
लेखकबाट थप