2026, July 28 Tuesday
०६:२७:१५ बेलुका

Latest Posts

English

Latest Posts

वन क्षेत्रबाट काटिएको अवैध साल पर्सामा प्रहरीले नियन्त्रणमा लियो

राति गस्तीका क्रममा प्रहरीले चार थान सालको काठ र दुई साइकल नियन्त्रणमा लियो

AI सारांश
Summary by AI
  • पर्सागढीमा प्रहरीले अवैध सालको काठ र दुई साइकल बरामद गरेको छ।
  • प्रहरी पुग्नेबित्तिकै काठ तस्करहरू काठ छाडेर फरार भएका छन्।
  • घटनामा संलग्न व्यक्तिको खोजी र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२०८२ चैत्र १, आईतवार ०८:४८

पर्सा, १ चैत — पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ बरामद गरेको छ।

आइतबार बिहान करिब ३ बजेतिर राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा काँचो सालको काठ काटी साइकलमा लोड गरी लैजाँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले पर्सागढी नगरपालिका–४ बारवाटाडीस्थित आँपको बगैंचाबाट चार थान सालको काठ र दुई थान साइकल बरामद गरेको हो।

प्रहरी चौकी बढनियारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा उक्त काठ बरामद गरेको जनाएको छ। प्रहरी टोली पुगेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सालको काठ हाल नेपाल प्रहरी अन्तर्गतको प्रहरी चौकी बढनियारको नियन्त्रणमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध काठ कटानी तथा तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनले निगरानी तथा गस्ती बढाएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखकको बारेमा

अनिल यादव

अनिल यादव

अनिल प्रदेशलिड डटकमाका डेस्क प्रमुख हुन !
लेखकबाट थप