2026, July 28 Tuesday
०१:४८:३० बेलुका

Latest Posts

English

Latest Posts

पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले बुझाए चुनाव खर्च विवरण

निर्वाचनमा करिब ९ लाख ९५ हजार रुपैयाँ खर्च भएको सार्वजनिक, सबैभन्दा बढी प्रचार सामग्रीमा खर्च

AI सारांश
Summary by AI
  • पर्सा–२ बाट निर्वाचित सांसद सुशील कुमार कानुले चुनाव खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
  • उनले निर्वाचनमा कूल ९ लाख ९५ हजार ६१४ रुपैयाँ खर्च भएको सार्वजनिक गरेका छन्।
  • चुनावमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्री र सवारी साधनमा खर्च भएको उल्लेख गरिएको छ।
२०८२ फाल्गुन २९, शुक्रबार ०९:५३

पञ्चगावा  / पर्सा जिल्ला क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशील कुमार कानुले यसपटकको निर्वाचनमा आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

नवनिर्वाचित सांसद कानुले शुक्रबार निर्वाचन कार्यालय पर्सामा चुनाव खर्च विवरण बुझाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार चुनावमा कूल ९ लाख ९५ हजार ६१४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा खर्च भएको देखिएको छ। कानुका अनुसार प्रचार–प्रसार सामग्रीमा ५ लाख ७९ हजार १२४ रुपैयाँ खर्च भएको छ भने सवारी साधनमा १ लाख ५५ हजार रुपैयाँ खर्च गरिएको छ।

यस्तै अन्य प्रचार–प्रसार सामग्रीमा ९९ हजार ४९० रुपैयाँ, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा खाजाखर्चका लागि ९२ हजार रुपैयाँ, विविध खर्चमा ४२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यस्तै विद्युतीय सामाजिक सञ्जालमा १५ हजार रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ तथा मतदाता नामावलीमा ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

पर्सा क्षेत्र नम्बर २ मा कानु ३० हजार ७४० मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी अजय कुमार चौरसिया ले ११ हजार ८९० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए। त्यस्तै एमाले उम्मेदवार रिमा कुमारी यादव ले ११ हजार ६०५ मत प्राप्त गरेकी थिइन्।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *