2026, July 29 Wednesday
०७:२५:५१ बेलुका

Latest Posts

English

Latest Posts

काभ्रेमा सशस्त्र प्रहरीका सहायक निरीक्षक र युवती मृत फेला

एक महिनादेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव सामुदायिक वनमा झुण्डिएको अवस्थामा भेटियो

AI सारांश
Summary by AI
  • सशस्त्र प्रहरीका सहायक निरीक्षक शक्ति राम र २६ वर्षीया शर्मिला चौधरी काभ्रेमा मृत अवस्थामा फेला परेका छन्।
  • दुवै जना वैशाख महिनादेखि सम्पर्कविहीन थिए र परिवारले खोजतलासका लागि निवेदन दिएका थिए।
  • शवहरू पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा भेटिएका छन् भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२०८३ जेष्ठ २०, बुधबार १५:१४

काभ्रेपलाञ्चोकमा सशस्त्र प्रहरी बल नेपाल का सहायक निरीक्षक शक्ति राम र एक युवती मृत अवस्थामा फेला परेका छन्। दुवै जनाको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शक्ति राम सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेमा कार्यरत थिए। उनी २०८३ वैशाख १९ गते दुई दिनको बिदा लिएर बाहिरिएका थिए। त्यसपछि सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो।

उनीसँगै मृत फेला पर्ने युवती शर्मिला चौधरी रहेको खुलेको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्। त्यसपछि उनी पनि परिवारको सम्पर्कमा नरहेपछि उनका भाइले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीका अनुसार दुवै जनाको मोबाइल फोन सम्पर्कविहीन थियो। खोजीका क्रममा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो।

बुधबार स्थानीयवासीले पाँचखाल नगरपालिका–३ स्थित सामुदायिक वनका दुई वटा मौवा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेको अवस्थामा रहेका कंकाल झुण्डिएको जानकारी प्रहरीलाई दिएका थिए। त्यसपछि प्रहरी चौकी पाँचखाल बाट खटिएको टोलीले घटनास्थलमा पुगेर शवहरूको पहिचान गरेको थियो।

प्रहरीले दुवै जनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल मा राखेको छ। घटनाको कारणबारे यकिन हुन नसकेको भन्दै प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *