2026, April 18 Saturday
११:३३:३७ बिहान

Latest Posts

English

Latest Posts

देशभर मौसममा सुधार, भारी वर्षा कम हुने

२०८२ चैत्र ७, शनिबार १६:०४

काठमाडौं |  जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि देशभर मौसममा क्रमशः सुधार देखिएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार अब शुक्रबार र शनिबार बिहानजस्तो भारी वर्षा नहुने र मौसम विस्तारै सुधारतर्फ उन्मुख रहेको छ। यद्यपि प्रिमनसुन गतिविधि भने कायम रहने भएकाले आइतबार पनि केही स्थानमा बदली रहने सम्भावना रहेको उनले बताए।

हाल कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ, जुन क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।

मौसमविद्का अनुसार प्रिमनसुनका कारण घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहनेछ। तर तत्काल ठूलो तथा लामो समयसम्मको वर्षा हुने सम्भावना भने न्यून रहेको छ।

विभागको पछिल्लो २४ घण्टाको विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी रुपन्देहीमा ७५.२ मिलिमिटर, मोरङमा ६३.८ मिलिमिटर, धनकुटामा ६३.२ मिलिमिटर र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *