2026, July 29 Wednesday
०५:४०:०६ बेलुका

Latest Posts

English

Latest Posts

इरानले युद्धविराम अस्वीकार गर्‍यो

२०८२ चैत्र ७, शनिबार १३:४८

काठमाडौं — इरानले अमेरिका र इसराइलसँग युद्धविराम नगर्ने स्पष्ट पारेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले जापानी समाचार संस्था ‘क्योडो न्युज’सँगको कुराकानीमा इरानले अस्थायी युद्धविराम नभई युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य चाहेको बताएका हुन्।

अरागचीले भने, “इरान युद्धविराम चाहँदैन, बरु युद्धको पूर्ण अन्त्य चाहन्छ।” उनले युद्ध अन्त्य गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने बताउँदै इरानमाथि जबरजस्ती संघर्ष थोपारिएको दाबी गरे।

उनका अनुसार इरान शान्ति प्रस्तावहरू सुन्न र तिनमाथि विचार गर्न तयार रहेको छ। “केही देशहरू मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि प्रयासरत छन्, तर अमेरिका आफ्नो आक्रामकता रोक्न तयार देखिँदैन,” उनले भने।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने लक्ष्य नजिक पुगेको बताएका थिए। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत आफूहरू लक्ष्य हासिलको नजिक पुगेको उल्लेख गरेका थिए।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *