2026, March 19 Thursday
०२:५८:०८ बेलुका

Latest Posts

English

Latest Posts

पर्सा–३ मा एमालेको चुनावी सरगर्मी: “भाषण होइन, परिणाम दिने नेता छानौँ” – रूपेश पाण्डे

२०८२ माघ २३, शुक्रबार ०६:२१

वीरगन्ज, २२ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पर्साको निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी बढेको छ। बिहीबार सखुवा प्रसौनी गाउँपालिकामा आयोजित नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेलाले चुनावी रणनीतिका साथै संगठन विस्तारमा जोड दिएको छ।

भेलामा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा बलियो समर्थन जनाउँदै यस पटक क्षेत्रमा परिवर्तनको लहर आउने दाबी गरेका छन्।

कार्यक्रममा बोल्दै उम्मेदवार पाण्डेले अब पर्सा–३ का जनता फोस्रा आश्वासन र भाषणबाट थाकिसकेको बताउनुभयो। उहाँले भन्नुभयो,

“अब जनतालाई भाषण होइन, प्रत्यक्ष महसुस हुने परिणाम चाहिएको छ।” विकासको एजेन्डा: पाण्डेले आफ्नो चुनावी भिजनमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।नेतृत्वको भरोसा: केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजराले देशमा सुशासन र स्थिरताका लागि एमालेको विकल्प नभएको बताउँदै रूपेश पाण्डे आम जनताको आशाको केन्द्र भएको उल्लेख गर्नुभयो।

नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटीका अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न उक्त भेलामा:

प्रमुख अतिथि: प्रभु हजरा (केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज)अतिथिहरू: निर्मला देवकोटा (केन्द्रीय सदस्य), जसवंत यादव (पालिका अध्यक्ष), फुलमती चौधरी, बासुदेव महतो थारू (वडा अध्यक्ष) लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *