2026, September 14 Monday
०३:१४:१४ बिहान

Latest Posts

English

Latest Posts

देशभर हावाहुरी, चट्याङ र असिनासहित भारी वर्षा

६ घण्टामा मकवानपुरगढीमा सबैभन्दा बढी वर्षा, आज पनि वर्षा जारी रहने सम्भावना

AI सारांश
Summary by AI
  • देशभर हावाहुरी, चट्याङ र असिनासहित भारी वर्षा भएको छ।
  • मकवानपुरगढीमा सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ।
  • आज पनि मध्य र पूर्वी नेपालमा वर्षा जारी रहने सम्भावना छ।
२०८२ चैत्र ७, शनिबार १२:०७

काठमाडौं, चैत ७ — देशभर शुक्रबार अपराह्नदेखि हावाहुरी, चट्याङ र असिनासहित भारी वर्षा भएको छ।

विशेषगरी बागमती र लुम्बिनी प्रदेशमा भीषण हावाहुरीका कारण दिउँसै अँध्यारो बनेको थियो भने पश्चिमी हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरगढी क्षेत्रमा ६ घण्टाको अवधिमा सबैभन्दा बढी ४६.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी बबरमहलमा एक घण्टामै २०.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

अन्य विभिन्न स्थानहरूमा पनि उल्लेखनीय वर्षा भएको विभागले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुमा विकसित न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण यस्तो मौसमी अवस्था देखिएको हो।

उनका अनुसार आज पनि मध्य तथा पूर्वी नेपाल केन्द्रित वर्षा जारी रहने सम्भावना रहेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *