2026, July 28 Tuesday
०६:१०:०९ बेलुका

Latest Posts

English

Latest Posts

पोखरियामा माघ २६ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने

२०८२ माघ २३, शुक्रबार ०६:१९

पर्सा, २३माघ/ पर्साको पोखरिया नगरपालिकामा आगामी माघ २६ गतेदेखि पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी. (HPV) खोप अभियान सञ्चालन हुने भएको छ। बिहीबार स्वास्थ्य कार्यालय पोखरियाले आयोजना गरेको नगरपालिका स्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूसँगको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो।

नगरपालिकाको सभाहलमा नगरप्रमुख प्रधुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोप अभियानको तयारी र यसको महत्वबारे छलफल गरिएको थियो।

पोखरिया नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक शिव कुमार पटेलका अनुसार पालिकाका १० वटै वडामा सञ्चालन हुने यस अभियानमा करिब ७ सय ४० जना बालिकाहरूलाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियान अन्तर्गत मुख्य गरी:

विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्राहरू,विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरू,गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरू कार्यक्रममा सहभागी हुने छ ।

सहसंयोजक पटेलले तथ्याङ्क प्रस्तुत गर्दै विश्वमा वार्षिक ६ लाख ७० हजार महिलामा यो रोग देखिने र करिब २ लाख ११ हजारको मृत्यु हुने गरेको जानकारी दिनुभयो। नेपालमा मात्रै दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ।

पोखरिया नगरपालिकाको अवस्थाबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “नगरपालिका भित्र प्रत्येक वर्ष हुने निःशुल्क जाँचमा करिब ४ सय महिलामध्ये ३ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ। हाल नगरपालिकाबाट सहयोग पाइरहेका ३४ जना बिरामीमध्ये १५ जना क्यान्सर रोगी हुनुहुन्छ।”

कार्यक्रमका अध्यक्ष एवं नगरप्रमुख प्रधुमन प्रसाद चौहानले यो अभियानलाई साझा अभियानका रूपमा लिएर सफल बनाउन सबैमा आग्रह गर्नुभयो। “नगर भित्रका कुनै पनि बालिका यो खोपबाट नछुटुन् भनेर हामीले निगरानी र समन्वय गर्नुपर्छ,” उहाँले भन्नुभयो।

त्यस्तै, स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वातावरण बनाइदिन जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी र संघसंस्थालाई आग्रह गरिएको छ। अविवाहित बालिका र किशोरीहरूलाई लगाइने यो खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट शतप्रतिशत सुरक्षा प्रदान गर्ने विश्वास स्वास्थ्य शाखाको छ।

अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख रुबि ठाकुर, प्रमुख प्रशासकीय अधिकृत कौशल किशोर झा, विभिन्न वडाका वडाअध्यक्षहरू लक्षमण साह, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, महेन्द्र महतो, रामप्रबेश चौहान र किशोरी साहको उपस्थिति थियो। यस्तै, कार्यपालिका सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी पोखरियाका सभापति भगवान कुर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *